२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

‘सुन साइली’ गीतका चर्चित अडियो इन्जिनियर उज्वलले गरे आफ्नै बुहारीकाे खुकुरी प्रहार गरी हत्या

२७ वैशाख, ललितपुर ।  ‘सुन साइली’ बोलको गीतमा अडियो इन्जिनियरिङ गरेका उज्वल महत बुहारीकाे हत्या गरेकाे आराेपमा पक्राउ परेका छन् । महतलाई बिहीबार दिउँसो २५ वर्षीय बुहारी अञ्जना महतमाथि खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ  ।

‘एक्सीस ब्यान्ड’ मा संलग्न महतले ड्रमसेट बजाउने गरेको फेसबुक प्रोफाइलमा देखिन्छ । परिवारमा कसैसँग नराम्रो नभएकाे महानगरीय प्रहरी वृत्त चापागाउँका डिएसपी राजकुमार खिउजुले जनाएका छन् ।  एउटै घरमा बुबा-आमा, उज्वल उनकी श्रीमती र एक छोरासँगै भाइ बुहारी बस्थे।

२५ वर्षीय बुहारी अन्जना महत्तकाे विभत्स हत्या गरेर आमा बुहारी काटेर आएँ, प्रहरी बोलाउनुहोस् भन्दै महत् आमा भएकाेमा पुगेका थिए । बुहारीलाई काटिसकेपछि उनले खुकुरी बरन्डामा राखेका थिए। बुहारीमाथि खुकुरी प्रहार भएको कोठा पूरै रगतले छोपिएको छ। खिउजुका अनुसार उनको घाँटी छिन्नै लागेको थियो। टाउको र हातमा सयौँ पटक खुकुरी हानेकाे चाेट छन्।

प्रहरीका अनुसार अभियुक्त महतको एउटा औंला काटिएको छ। बज्रबाराही अस्पतालमा उपचार हुन नसकेपछि उनलाई पाटन अस्पतालमा लगिएको थियो। पाटन अस्पतालले बी एण्ड बी पठाएको थियो। उनको औंलाको शल्यक्रिया गर्न समय लाग्ने भएपछि अहिले भने महानगरीय प्रहरी वृत्त चापागाउँमा राखिएको छ। बुहारी अञ्जना विदेश जाने तयारीमा थिइन् । उनमा मानसिक समस्या रहेको प्रहरीको प्रारम्भिक छानबिनमा खुलेको छ ।

प्रकाशित मिति : 18:39