व्यापारी छगनलालकाे परिवारकै नेपाल र भारतबाट दोहोरो नागरिकता, भारतबाट रासन नेपालबाट वृद्धभत्ता
२७ वैशाक, इनरूवा । सुनसरीकाे इनरूवामा व्यापारी छगनलाल शर्माकाे पुरै परिवारले नेपाल र भारतबाट दाेहाेराे नागरिकता लीएकाे र भारतबाट रासन र नेपालबाट वृद्धभत्ता लिनेगरेकाे जनाइएकाे छ । इनरुवा बजारमा कपडा पसल सञ्चालन गरेर बसेका उनले ३४ वर्षको उमेरमा २०३४ सालमा नेपालमा वंशजको अाधारमा नागरिकता लिएका थिए। नेपालको नागरिकता नम्बर ६२५६/२७१९ रहेका उनले भारतको नागरिकता पनि त्यागेका छैनन्।

भारतीय मतदाता परिचयपत्र नम्बर आईएक्सक्यू/०३३०५१९ रहेको उनको भारतको राजस्थानस्थित बेकानेर जिल्ला वडा २७ मा (नारायण निवास घर नम्बर २७६ के) दुईतले घर भै उक्त घर उनकी दिवंगत श्रीमती सुशीलादेवीका नाममा रहेकाे खुलेकाे छ।
२०००००८१०६८६ नम्बरको रासनकार्ड लिएका छगनलालले २०२९४ नम्बरको मगनलाल रामावतको पसलबाट भारत सरकारले दिने रासन लिने गरेको देखिएको छ। छगनलालले २०१७ मा राजस्थानको बिकानेर जिल्लामा विधानसभा निर्वाचन क्षेत्र नम्बर १३ मा मतदान गरेको समेत भारतीय निर्वाचन आयोगको वेबसाइटमा देखिन्छ।
१६७१९७१ नम्बर मतदाता परिचयपत्र लिएका उनले नेपालकाे इनरुवाको भगवती माविमा रहेको निर्वाचन केन्द्रबाट मतदान गरेका हुन्। उनले नेपालमा वृद्धभत्तासमेत लिइरहेका छन्।
प्रकाशित मिति : 16:12









