२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

आमा समानकी भाउजुसँग याैन सम्बन्ध बढेपछि श्रीमतिको हत्या

२७ वैशाख, धनुषा । धनुषामा एक जना पुरूषले अाफ्नै भाउजुसँग याैन सम्बन्ध बढाउँदा श्रीमतिको हत्या गरेको खुलासा भएको छ । केही दिनअघि श्रीमतिको हातखुट्टा बाँधेर जिउँदै जलाएका मुकेश गोइत पक्राउ परेपछि यो रहस्य खुलेको हो । नेपाली समाजमा भाउजुलाइ अामा समान मानिन्छ तर गोइत उनै भाउजुसँग अबैध याैन सम्बन्ध स्थापित गरेर श्रीमतिको भने हत्या गरेको प्रहरीले जनाएको छ ।

धनुषाको सहिदनगर नगरपालिका १ की २० वर्षीया निर्मलाको हत्याकाे आराेपमा श्रीमान र जेठानीलाई प्रहरीले पक्राउ गरेको छ । पति २४ वर्षका मुकेश कुमार गोइत र जेठानी २५ की श्यामा देवी यादवलाई धनुषा प्रहरीले पक्राउ गरेको हो । गत वैशाख ५ गते विवादको क्रममा पति मुकेशले निर्मलालाई हातखुट्टा बाँधेर जिउमा पेट्रोल खन्याइ आगो लगाएका थिए । शरीरको ७० प्रतिशत भाग जलेर गम्भीर घाइते भएकी निर्मलाको वैशाख १६ गते काठमाण्डौको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । घटनापछि मुकेश फरार रहेका थिए ।

हरीको प्रारम्भिक अनुसन्धानबाट भाउजू श्यामादेवीसँग मुकेशकाे अबैध सम्बन्ध विवाह पूर्वदेखि नै रहेको खुलेको छ । प्रहरीका अनुसार मुकेशको विवाहपश्चात समेत सम्वन्ध कायम रहेकाे श्रीमती निर्मलाले थाहा पाएकाे र त्यसै कारण पटक पटक दुवैबीच विवाद हुँदै आएको थियो । घटनाको दिनसमेत निर्मला र श्यामादेवीबिच झगडा भएको थियो । झगडापछि मुकेशले भाउजु श्यामादेवीकै सल्लाहमा श्रीमती निर्मलालाई कुटपिट गरी हातखुट्टा बाँधेर जिउमा पेट्रोल खन्याइ आगो लगाएको प्रहरीको भनाई छ ।

 

प्रकाशित मिति : 08:24