बौद्ध–जोरपाटी सडक मर्मत नगरेकाे भन्दै आन्दोलित स्थानीय र प्रहरीबीच झडप
२६ वैशाख, काठमाडौँ । बौद्ध–जोरपाटी सडक मर्मत नगरेकाे भन्दै आन्दोलित स्थानीय र प्रहरीबीच झडप भएकाे छ । बिहीबार काठमाडौँको बौद्ध–जोरपाटी सडकखण्डकाे कामलाई ४ वर्षदेखि अलपत्र छाडेको र मर्मत नगरेको भन्दै स्थानीय आन्दोलित बनेका हुन् ।

सडकमा टायर बालेर आन्दोलन गरिरशेका स्थानियवासीले विरोधमा बजार समेत बन्द गराएका छन् भने प्रदर्शनका क्रममा स्थानीय र प्रहरीबीच घम्साघम्सी समेत भएको छ । उनीहरुले बिहान शंख बजार सरकारको सांकेतिक विरोध गर्दै सडक अबरूद्ध पारेका थिए ।

प्रहरीले केहिबे अगाडि स्थिति तनावपूर्ण भएपनि अहिले सामान्य बनेकाे जनाएकाे छ ।

प्रकाशित मिति : 13:08









