नुहाउने क्रममा डुबेर महाकालीमा बेपत्ता सहायक लेखापाल डम्बर पालको शव भेटियो
२५ वैशाख, काठमाडाैँ । महाकाली नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका भागेश्वर गाउँपालिकाका सहायक लेखापाल डम्बर पालको शव भेटिएको छ। महाकालीमा बेपत्ता भएका २५ वर्षीय पालको शव बुधबार फेला परेको हो।

परशुराम नगरपालिका–५ परशुरामधामको तीन किलोमिटर माथि कल्पटेखानको पारी भारतीय क्षेत्रमा महाकाली किनारमामा उनको शव फेला परेको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक इश्वरीदत्त पाण्डेयले जानकारी दिए। यहाँका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
शनिबार गाउँपालिका जनप्रतिनिधि र कर्मचारी भागेश्वर गाउँपालिका–१ रुपालस्थित महाकाली नदी किनारमा वनभोज खान गएका बेला नुहाउने क्रममा उनी बेपत्ता भएका थिए।
प्रकाशित मिति : 14:38









