११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026

नागरिकता लिन कर्मचारीलाई बुझाउनुपर्छ चार हजार घुस ! अशोक कुमार सिंह रंगेहात पक्राउ

२५ वैशाख, काठमाडाैँ । महोत्तरी जिल्लाको इलाका प्रशासन कार्यालय रामगोपालपुरमा करारमा कार्यरत कम्प्यूटर अपरेटर अशोक कुमार सिंह चार हजार घुससहित मंगलबार दिउँसो अख्तियारको फन्दामा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट प्रहरी निरीक्षक राजु भण्डारीको नेतृत्वमा खटिएको अख्तियारको टोलीले सिंहलाई सेवाग्राहीसँग रु चार हजार घुस लिँदै गर्दा पक्राउ गरेको आयोगको बर्दिवास कार्यालयले जनाएको छ ।

यस्तो छ आयोगको जानकारी

ईलाका प्रशासन कार्यालय, रामगोपालपुर, महोत्तरीमा कार्यरत  सेवाग्रहीसँग नागरिकत्ताको प्रमाण-पत्र बनाउन सहज गराई दिए वापत घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले निज कम्प्युटर अपेटर अशोक कुमार सिंहलाई सेवाग्राहीसँग रू.४,०००।– (चार हजार) घुसबापतको रकम लिइसकेको अवस्थामा उक्त रकम सहित निजकै कार्यालयबाट नियन्त्रणमा लिई अनुसन्धान कार्य भइरहेको छ ।

प्रकाशित मिति : May 8, 2019 at 12:30 am