२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

नेपाल प्रहरीका २ एआईजीको सरुवाः प्रहरी एकेडेमीमा कार्की र सुरक्षा परिषदमा बस्न्यात

२३ वैशाख, काठमाडौँ । नेपाल प्रहरीका दुई जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) को सरुवा भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले एआईजीद्वय पुष्कर कार्की र धिरु बस्न्यातको सरुवा गरेको हो ।

पुष्कर कार्कीलाई प्रहरी एकेडेमीमा सरुवा गरिएको छ भने धिरु बस्न्यातलाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा काज सरुवा गरिएको छ । यस्तै सोमबार नेपाल प्रहरीका ८ जना एसएसपीहरुको सरुवा भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको प्रमुखमा एसएसपी उत्तमराज सुवेदीको सरुवा भएको हो ।

प्रकाशित मिति : 12:10