२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

न्यायाधीश शर्माविरूद्ध वरिष्ठ अधिवक्ता थापाले दिएको रिट १५ दिनपछि सर्वोच्चमा दर्ता

२३ वैशाख, काठमाडाैँ । सर्वोच्च अदालतका ‘कान्छा’ न्यायाधीश मनोजकुमार शर्माविरुद्ध नेपाल बार एशोसियसनका पूर्व अध्यक्ष एवं वरिष्ठ अधिवक्ता शम्भु थापाले दिएको रिट निवेदन सोमबार दर्ता भएको छ । सर्वोच्चको न्यायाधीश हुन शर्माको योग्यता नपुग्ने भन्दै थापाले केही समयअघि दिएको रिट सोमबार दर्ता भएको सर्वोच्च प्रशासनले बताएको छ।

यो रिटमाथि सर्वोच्चले मंगलबार पहिलो सुनुवाइको पेसी तोकेको छ । थापाले दुइ साता अधि दिएको निवेदन सोमबार मात्र दर्ता गर्ने निर्णय भएको हो । वैशाख पहिलो साता सर्वोच्चमा शर्मासहित ५ न्यायाधीश नियुक्त भएका थिए। नियुक्तीलगत्तै थापाले इजलास बहिस्कार गर्दै विरोध जनाएका थिए।  शर्माले सर्वोच्च अदालतको न्यायाधीश हुन योग्यता पुग्ने गरी निरन्तर वकालत/बहस नगरेको, तत्कालीन पुनरावेदन अदालतको अतिरिक्त न्यायाधीशको ५ वर्षे अनुभव पनि उनीसँग नभएको थापाको दाबी छ ।

प्रकाशित मिति : 19:43