शंकास्पद बस्तु फेलापरेपछि कोटेश्वरमा त्रास, सेनाको टोली घटनास्थलमा
२३ वैशाख, काठमाडाैँ । काठमाडाैँको कोटेश्वरमा शंकास्पद बस्तु फेला परेको छ । कोटेश्वरस्थित मुनिभैरव नजिकैको पार्किङमा शंकास्पद बस्तु फेला परेको र नेपाली सेनाले डिस्पोज गराउन खोज्नदा नपड्किएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले दैनिकीलाइ जानकारी दिए।

झोलामा बम जस्तो केही बस्तु राखिएको जस्तो देखिएपछि प्रहरीले नेपाली सेनाको बम डिस्पोजल टोलीलाइ खबर गरेको थियो । संकास्पद वस्तु फेला परेपछि अहिले कोटेश्वर आसपास भएर चल्ने सवारी साधन जाममा परेका छन् । शंकास्पद बस्तु बम नभको पुष्टि भैसकेको छ भने सेनाले अझै अनुसन्धान जारी राखेको प्रवक्ता बोगटीले बताए ।
प्रकाशित मिति : 19:30









