२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

तस्करीको सुन पास गर्दै गर्दा ३० तोला सुनसहित नेपाल एयरलाइन्सकै कर्मचारी पक्राउ

बैशाख २३, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलाबाट ३० तोला सुनसहित नेपाल एयरलाइन्सकै कर्मचारी पक्राउ परेका छन् । नेपाल एयरलाइन्सका कर्मचारी रन्जित कुमार यादव पक्राउ परेकाे महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता (डीएसपी) होविन्द्र बोगटीले जानकारी दिए ।

तस्करीको सुन पास गर्दै गरेको अवस्थामा विमानस्थलमा खटिएका प्रहरी टोलीले यादवलाई पक्राउ गरेको बताइएको छ । उनको साथबाट ३० तोला सुन बरामद भएको जानकारी दिँदै बोगटीले उनीमाथि थप अनुसन्धान भइरहेको बताए ।

प्रकाशित मिति : 14:01