२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

इटहरी उपमहानगर आँफैले सुरु गर्यो लोकसेवाको निःशुल्क तयारी कक्षा

२३ वैशाख, काठमाडाैँ । सुनसरीको इटहरी उपमहानगरले महिला,दलित र आदिवासी गरि ९० जनालाई एकमहिने निशुल्क लोकसेवा तयारी कक्षा सुरु गरेको छ । न्यू भिजन एजुकेशन सोलुसनको ब्यवस्थापनमा खरिदार स्तरको तयारी कक्षा सुरु गरिएको हो । तयारी कक्षामा सात जना पुरुष र अरु सवै महिला छन । लोकसेवा तयारी कक्षाको सुरुवात गर्दै उपमेयर लक्ष्मी गौतमले पछाडी पारिएका वर्गलाई मूलधारमा ल्याउन इटहरी उपमहानगर गम्भीर रहेको वताउनुभयो ।

इटहरी उपमहानगरका प्रमुख प्रशासकीय अघिकृत केशव विमलीले अवको हरेक प्रतिष्पर्धामा महिला प्रखर ढँगले उत्रने विश्वास ब्यक्त गर्नुभयो । सामाजिक विकास महाशाखा प्रमुख भोजकला दवाडीले निजामति सेवामा महिलाको उपस्थिति वढाउन यस्ता तालिम महत्वपूर्ण हुने वताउनुभयो ।

प्रकाशित मिति : 08:52