पूर्वसभासद् गायत्री साह मेडिसीटी अस्पताल परिसरबाट पक्राउ
२२ वैशाख, काठमाडाैँ । पूर्वसभासद् गायत्री साह मेडिसीटी अस्पताल परिसरबाट पक्राउ परेकाी छिन् । प्रहरीले पूर्व सभासद् साहसहित उनका श्रीमान राजेश महतोलाई समेत पक्राउ गरेकाे छ ।
गायत्री साह र उनका श्रीमानले मेडिसिटी अस्पताल र वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.निरासिंह श्रेष्ठको लापराबाहीका कारण ‘डाउन सिन्ड्रम’ भएको बच्चा जन्मिएको आरोप लगाउँदै केही दिनदेखि मेडिसीटी अस्पतालमा आन्दोलन गरिरहेका थिए ।

अस्पतालकाे लापर्वाहिका कारण ‘डाउन सिन्ड्रम’ भएको बच्चा जन्मिएको दावी गर्दै पूर्वसभासद् साहले बच्चाको स्वास्थ्यको जिम्मा अस्पतालले लिनुपर्ने दावी गर्दै आन्दोलन गरिरहेकि छिन् । तर अस्पतालल भने डाउन सिन्ड्रम भएकाे बच्चा आफ्नो कारण नजन्मेको दावी गर्दै बच्चा बुझ्न साहलाई आग्रह गरिरहेकाे छ ।

पूर्वसभासद् साहले फागुन २८ गते मेडिसिटी अस्पतालमा ‘डाउन सिन्ड्रम’ भएको बच्चा जन्माएकी थिइन् । डाउन सिन्ड्रम भएको बच्चा जन्मिए पछि उनले बच्चा बुझ्न मानेकी छैनन् ।
प्रकाशित मिति : 20:56









