डडेल्धुराकाे भागेश्वर गाउँपालिकाका सहायक लेखापाल कसरी डुबे महाकालीमा ?
२२ वैशाख, डडेल्धुरा । डडेल्धुराकाे भागेश्वर गाउँपालिकाका सहायक लेखापाल डम्बर पाल महाकाली नदीमा डुबेर बेपत्ता भएका छन् । उनी शनिबार महाकाली नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका हुन् ।
प्रहरीका अनुसार शनिबार गाउँपालिका जनप्रतिनिधि र कर्मचारी भागेश्वर गाउँपालिका १ रुपालस्थित महाकाली नदी किनारमा वनभोज खान गएका थिए । दिउँसो ३ बजेतिर महाकाली नदीमा नुहाउने क्रममा सहायक लेखापाल पाल बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक डम्बरबहादुर केसीले बताए ।

बेपत्ता भएका लेखापाल पालको खोजी कार्य भइरहेको प्रहरीले जनाएकाे छ । गाउँपालिका अध्यक्ष कौशीला भट्टसहितका जनप्रतिनिधि पनि वनभोज खान महाकाली नदी किनारमा गएका थिए ।
प्रकाशित मिति : 07:39







