२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

मुद्दा मिलाइदिने भन्दै ३ लाख घुस खाने उच्च अदालतका नासु कृष्ण कुमार पाठक रंगेहात पक्राउ

२१ बैशाख, काठमाडौँ । मुद्दा मिलाइदिने भन्दै ३ लाख घुस खाने उच्च अदालतका नासु कृष्ण कुमार पाठक रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले मुद्दा मिलाइदिने बहानामा घुस माग्ने उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलास बाँकेमा कार्यरत टाइपिस्ट नायव सुब्बा कृष्ण कुमार पाठकलाई ३ लाख घुससहित पक्राउ गरेको हो ।

उनलाई चारबाहीनी चोकस्थित श्री लयर्स च्याम्बरबाट शनिबार नियन्त्रणमा लिइएको हाे । अदालतमा विचाराधीन मुद्दामा सहजीकरण गरिदिने भन्दै उनले सेवाग्राहीसँग घुस माग गरेका थिए । बाँकेको जानकी गाउँपालिका वडा नम्बर एकका स्थायी बासिन्दा पाठकमाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : 06:59