८ असार २०८३, सोमबार | Mon Jun 22 2026

महाकालीमा डुबेर सहायक लेखापाल डम्बर पाल बेपत्ता

२१ वैशाख, डडेल्धुरा । डडेल्धुरा भागेश्वर गाउँपालिकाका सहायक लेखापाल डम्बर पाल महाकाली नदीमा नुहाउने क्रममा डुबेर आज बेपत्ता भएका छन् । गाउँपालिका जनप्रतिनिधि र कर्मचारी भागेश्वर गाउँपालिका–१ रुपालस्थित महाकाली नदी किनारमा वनभोज खान गएका समयमा महाकाली नदीमा नुहाउने क्रममा सहायक लेखापाल पाल बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बर केसीले बताउनुभयो ।

बेपत्ता भएका लेखापालको खोजी भइरहेको प्रहरीले बताएको छ । गाउँपालिका जनप्रतिनिधिसहितका कर्मचारी वनभोज खान महाकाली नदी किनारमा गएका थिए । आज दिउँसो कीरब ३ बजेतिर सहायक लेखापाल पाल बेपत्ता भएका वनभोज खान महाकाली पुगेका कर्मचारीको भनाइ छ ।

प्रकाशित मिति : May 4, 2019 at 8:53 pm