२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

डैकती प्रकरणमा मुछिएपछि डीएसपी कुमोद ढुंगेल निलम्बित 

२१ बैशाख, काठमाडौँ । जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत डीएसपी कुमोद ढुंगेल निलम्बनमा परेका छन् । प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले उनलाई निलम्बन गरेको हो ।

चैत २६ गते महानगरीय अपराध महाशाखाको टोलीले रानीबारीमा भएको एक डकैती प्रकरणमा पक्राउ परेका विकास श्रेष्ठसँग घटनाअघि डीएसपी ढुंगेलको मोबाइल सम्पर्क र भेटघाट भएको खुलेपछि उनी निलम्बनमा परेका हुन् ।

श्रेष्ठसहितको समूकाले लालेन्द्र लालचनको घरमा पसेर धारिलो हतियार देखाउँदै ५ लाख ६० हजार रुपैयाँ बराबरको लुटपाट गरेको थियो । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।

प्रकाशित मिति : 09:39