२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

ललितपुरमा युवतीकाे विषयमा २ समूहबीच ग्याङफाइट, प्रयागपोखरीका अन्सलकाे छुरा प्रहारबाट मृत्यु

बैशाख २०, ललितपुर । ललितपुमा २ समूहबीच ग्याङफाइट हुँदा १ जनाको  मृत्यु भएको छ । शुक्रबार साँझ सुमेरु अस्पताल नजिकैको गल्लीमा २ समूहबीच युवतीकाे विषयमा विवाद भएर ग्याङफाइट हुँदा ललितपुर महानगरपालिका – ६ प्रयागपोखरी बस्ने २० बर्षीय अन्सल शाक्यको छुरा प्रहारबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुमेरु सिटी अस्पतालमा उपचारको क्रममा अन्सनको मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ । प्रहरीले सो घटनामा संलग्न मुख्य अभियुक्तसहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका सबै युवाहरू लागूऔषध दुव्र्यसनीमा संलग्न रहेको समेत प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : 21:45