२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

१ किलो सुनसहित रौतहटका अनुकेशकुमार साह पक्राउ

२० वैशाख, काठमाडौँ । रौतहटमा १ किलो सुनसहित युवक पक्राउ परेका छन् । रौतहटको गौर नगरपालिका ४ बसपार्कबाट प्रहरीले १ किलो सुनसहित २१ वर्षका अनुकेशकुमार साहलाई पक्राउ गरेको हो ।

शुक्रबार विहान साढे ५ बजे लु ४ प ५८०३ नम्बरको मोटरसाइकलमा रहेका साहलाई प्रहरीले चेकजाँच गर्दा ४ टुक्रा सुन भेटेको हो ।साहलाई राजस्व छली कारबाहीको लागि बाराको पथलैयास्थित राजस्व अनुसन्धान विभाग मध्यमाञ्चल क्षेत्रीय कार्यालय पठाइने प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : 13:37