१ जेष्ठ २०८१, मंगलवार | Wed May 15 2024

विद्युत् चुहावटबाट कपडा पसलमा आगलागी


२२ चैत, सप्तरी । सप्तरीको सप्तकोशी नगरपालिका–१ स्थित विधुत चुहावट हुदा कपडा पसलमा आगलागी भएको छ ।

स्थानीयवासी पर्शुराम खड्काको घरको दोस्रो तल्लामा रहेको घुम्ती कपडा पसलमा आगलागी हँुदा करिब रु १० लाखको क्षति भएको छ ।

आगलागीबाट पसलभित्र रहेका विभिन्न प्रकारको कपडा, नगद तथा जिन्सी गरी करीब रु १० लाख मूल्यबराबरको क्षति भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । आगोलाई स्थानीयवासी र इलाका प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७४, बिहीबार १७:२७

https://srdb.com.np/