नवलपुरमा हावाहुरीसहित भारी वर्षा, दुर्घटनाकाे त्रासले विद्यालय बन्द, सतर्क रहन आग्रह
२० वैशाख, नवलपरासी । नवलपुरमा हावाहुरीसहित भारी वर्षा हुँदा जनजीवन प्रभावित भएको छ । हुरीबतासका कारण हुन सक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै जिल्लाका अधिकांश विद्यालय बन्द गरिएका छन् ।

त्यसैगरी देवचुली, गैंडाकोट, मध्यविन्दु नगरपालिकालगायत सबैजसाे स्थानमा विद्यालय बन्द गरिएको छ । कावासोतीमा आज बिहानैदेखि हावाहुरीसँगै पानी परिरहेको छ । मौसम पूर्वानुमान शाखाका अनुसार, कावासोती आसपास क्षेत्रमा बेलाबेलामा ११ किलोमिटर प्रतिघण्टाको दरले हावाहुरी समेत चलेको छ । हुरीबतासको ठूलो सम्भावना रहेकाले सतर्क रहन आग्रह गरिएको छ ।
प्रकाशित मिति : 10:29









