एसएसपी विश्वराज पोखरेल डीआईजीमा बढुवाका लागि सिफारिस
२० बैशाख, काठमाडौँ । एसएसपी विश्वराज पोखरेल डीआईजीमा बढुवा सिफारिस भएका छन् । नेपाल प्रहरीको रिक्त रहेको प्रहरी नायव महानिरीक्षक (डीआईजी) पदका लागि वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) विश्वराज पोखरेल सिफारिस भएका हुन् ।

बढुवा समितिको बिहीबार बसेको बैठकले पोखरेललाई बढुवा सिफारिस गरेको हो । प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) को प्रावधान अनुसार पोखरेललाई डीआईजीमा बढुवा सिफारिस गरिएको गृह मन्त्रालयले जनाएको छ । पोखरेल हाल लागु औषध नियन्त्रण ब्यूरोमा कार्यरत छन् ।
प्रकाशित मिति : 06:43









