२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

फेरी बढ्यो पेट्रोल र डिजेलको मूल्य

२० बैशाख, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । बिहीबार रातिदेखि लागू हुने गरी प्रतिलिटर पेट्रोल १ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेलको मूल्य १ रुपैयाँ वृद्धि गरेको हो ।

मूल्य बढेपछि पेट्रोलकाे मुल्य १ सय ११ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेलकाे मुल्य ९८ रुपैयाँ प्रतिलिटरमा रहेकाे छ ।
आयल निमगले तीन महिनापछि मूल्य समायोजन गरेको हो । १८ वैशाखमा भारतीय आयल कर्पोरेसन (आइओसी)ले पठाएको नयाँ मूल्य सूची बढेर आएकाले मूल्य वृद्धि गर्नु परेको निगमले जनाएको छ ।

प्रकाशित मिति : 06:38