१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024

युनियन हाइड्रोपावर कम्पनीको शेयर बाँडफाँड

१९ वैशाख, काठमाडौँ । यूनियन हाइड्रो पावर कम्पनीको शेयर बाँडफाँड भएको छ । आवेदन गर्ने सबैलाई मागअनुसार शेयर बाँडफाँड गरिएको लक्ष्मी क्यापिटलले जनाएको छ ।

क्यापिटलका अनुसार सिआश्वा प्रणालीबाट ४७ हजार १८५ जनाले आवेदन दिएका थिए । त्यसमा ४५ हजार ४६२ जनाको आवेदन स्वीकृत भएको छ । कम्पनीले गत चैत १३ गतेदेखि साधारण शेयर बिक्री गरेको थियो । कम्पनीले ३४ लाख १० हजार ८१० कित्ता शेयर बाँडफाँट गरिएको हो । आवेदनकर्ता सबैलाई शेयर दिँदै कम्पनीले आज शेयर बाँडफाँड गरेको हो ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार २०:०४