१३ कार्तिक २०८३, बिहिबार | Fri Oct 30 2026

बर्ड फ्लूबाट नेपालमा पहिलो पटक मानिसको मृत्यु

१९ वैशाख, काठमाडौं । कुखुराका लाग्ने इन्फ्लूएन्जा ए (एच५एन१) बर्ड फ्लूबाट नेपालमै पहिलो पटक मानिसको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरेर काभ्रेका २१ वर्षीय युवाको मृत्यु भएको जानकारी दिएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा उक्त बिरामीको घाँटीको र्याल परीक्षण गर्दा भाइरसको प्रकार एकीन गर्न सम्भव नभएपछि उक्त नमुना विश्व स्वास्थ्य संगठनको कोलाबेरेटिङ सेन्टर फर इन्फ्यूएन्जा जापानमा परीक्षण गर्दा बर्ड फ्यू पुष्टि भएको हो । मन्त्रालयका अनुसार बिरामीको उपचारको क्रममा स्वासप्रश्वासमा समस्या भइ चैत १५ गते मृत्यु भएको थियो ।

बर्डफ्लुबाट मृत्यु हुने व्यक्ति ढिला गरि उपचारमा आएको र औषधि दिएर पठाएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण माहाशाखाका निर्देशक डा विवेकलाल कर्णले जानकारी दिए ।

 

प्रकाशित मिति : May 2, 2019 at 12:40 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/