हुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण ३० मिनेट रोकियो
१८ वैशाख, काठमाडाैँ । हुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण ३० मिनेट रोकिएको छ । साँझको भीषण हुरीका कारण विमानस्थलबाट हुने उडान र अवतरण दुबै अबरूद्ध बन्न पुगेको हो । हुरीका कारण झण्डै आधा घण्टासम्म उडान र अवतरण ठप्प भएको विमानस्थलले जनाएको छ ।

काठमाण्डौ आसपासका जिल्लामा हावाहुरी आउँदा बैंकक, हङकङ, सिंगापुर, सारजहाँबाट आएका जहाज बारा र पर्साको आकाशमा फन्को लगाएर बसे। हुरीकै कारण त्यहाँबाट आएका जहाजहरु काठमाण्डौको आकाशमा समेत प्रवेश गर्न सकेनन् । धुलोसहितको हावाहुरीका कारण भिजिबिलिटी कम हुँदा उडान र अवतरण गर्न नसकेको विमानस्थलले जनाएको छ । हावाहुरी कम भएपछि अहिले केहीबेरअघिबाट भने उडान र अवतरण सुरु भएको विमानस्थल कन्ट्रोल रुमले जानकारी दिएको छ ।
प्रकाशित मिति : 21:21









