१ जेष्ठ २०८१, मंगलवार | Tue May 14 2024

हरिणको शिकारमा सलमान खान दोषी, ६ वर्ष कैद हुने सम्भावना


२२ चैत, काठमाडौँ । चर्चित भारतीय अभिनेता सलमान खान हरिणको शिकारमा दोषी ठहर भएका छन । करिब २० वर्ष पुरानो कालो हरिणको शिकार गरेको मुद्दामा बलिउड कलाकार खान दोषी पाइएका हुन ।

सन् १९९८ मा जोधपुरको ग्रामीण इलाकामा दुई हरिणको शिकार गरेको आरोपमा सलमान लगायत पाँचजना विरुद्ध वैष्णोइ समाजले मुद्दा हालेको थियो ।

सलमान खानका साथै अभिनेता सैफअलि खान, अभिनेत्री सोनाली बेन्द्रे, तब्बू र नीलमविरुद्ध मुद्दा चलाइएको थियो । तर जोधपुर अदालतले बिहीबार सलमान खानलाई दोषी करार गर्दै अन्य सफाइ दिएको छ । अब खानलाई ६ वर्ष कैद हुने सम्भावना रहेको छ । उनका वकीलले तीन वर्षभन्दा कम सजाय दिन आग्रह गरेका छन ।

प्रकाशित मिति : २२ चैत्र २०७४, बिहीबार १४:०५

https://srdb.com.np/