२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

स्यावास सरकारः एकै दिन दुई जना सुत्केरी महिलाको हेलिकोप्टरबाट उद्धार (फोटोफिचर)

१८ वैशाख, काठमाडौँ । सरकारले केही गरेन भनेर रोइकराइ गर्नेहरू पनि छन तर ग्रामिण भेगमा जहाँ सरकार छ भनेर महुष हुनुपर्ने हो त्यहाँका जनताले भने लोककल्यणाकारी राज्यको आभाष पाइरहेका छन । झण्डै दुई तिहाइ मतसहितको कम्यनुष्ट सरकारको नेतृत्व गरे लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले सुरू गराएका एयर एम्बुलेन्सले अहिले विगट गाउँका महिलाहरूले समेत सेवा पाइरहेका छन ।

अर्थात सुत्केरी हुनै नसकेर वा सुत्केरी भएर पनि औषधि उपचार नपाएर मर्नुपर्ने अवस्थाको अन्त्य हुँदै गएको छ । बुधबार मात्र कर्णाली प्रदेश सरकारले दुई जना सुत्केरी महिलाको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरेको छ । हुम्लाको चंखेली गाउँपालिका र अदानचुली गाउँपालिकाबाट सुत्केरी महिलालाई हेलिकप्टरबाट उद्धार गरेको हो । चंखेली गाउँपालिकाको मेल्छम स्वास्थ्य चौकीमा कार्यरत अनमी दाङकी निशा नेपाली र अदानचुली गाउँपालिका–१, की राजकला महतारालाई सामाजिक विकास मन्त्रालयले उद्धार गरेको हो । सामाजिक विकास मन्त्री दल रावल आफै हेलिकप्टर लिएर उद्धारका लागि गाउँपुगेका थिए ।

महताराको साल निस्किएर बच्चा नजन्मिएपछि र नेपालीको गर्भपतन गराउँदा अत्याधिक रक्तश्राव भएकोले हेलिकप्टरमार्फत प्रदेश अस्पताल कालागाउँमा उपचारका लागि लगिएको छ । कर्णाली प्रदेश सरकारले विकट ठाउँका लागि हेलिकप्टरको व्यवस्था गर्दै आएको छ । हालसम्म प्रदेश सरकारले २१ जनाको उद्धार गरिसकेको छ । यसका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि २ करोड रुपैयाँ विनियोजन गरेको छ ।

 

तस्बीरहरूः उज्यालो अनलाइनबाट साभार । 

प्रकाशित मिति : 17:23