१ जेष्ठ २०८१, मंगलवार | Tue May 14 2024

राष्ट्रिय वाणिज्य बैंकमा नक्कली सुन राखेर २७ लाख ठग्ने ६ जना पक्राउ


२२ चैत, झापा । नक्कली सुनको गहना बैंकमा धितो राखेर ठगी गर्ने समूहका ६ जना पक्राउ परेका छन । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, बिर्तामोड र धुलाबारी शाखामा नक्कली सुन धितो राखेर २७ लाख २८ हजार रुपैयाँ ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा बिर्तामोड–५ की ३८ वर्षीय मिना देवी खड्का, मेचीनगर–७, ईट्टाभट्टाका ३५ वर्षीय शम्भु खत्री, बिर्तामोड–३ का ४३ वर्षीय राम कुमार तामाङ्ग, बिर्तामोड–५ का ४५ वर्षीय राजकुमार श्रेष्ठ, मेचीनगरपालिका–१२ का ४९ वर्षीय गणेश प्रधान र मेचीनगरपालिका–१० का ३३ वर्षीय प्रवेश अधिकारी छन् ।

पक्राउ परेकामध्ये खड्का र खत्रीलाई जिल्ला अदालत, झापाको आदेश बमोजित पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७४, बिहीबार १३:३१

https://srdb.com.np/