धनुषामा भारततर्फ रक्सी तस्करी गर्ने तस्करहरुले लुटे प्रहरीको पेस्तोल
१८ वैशाख, धनुषा । धनुषामा भारततर्फ रक्सी तस्करी गर्ने तस्करहरुले प्रहरीको पेस्तोल लुटेका छन् । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा गस्तीमा रहेका प्रहरी र भारततर्फ रक्सी तस्करी गर्ने समूहबीच झडप भएको थियो ।

बुधबार बिहान २ बजेतिर गस्तीको नेतृत्वकर्ता नेपाल प्रहरीका सहायक प्रहरी निरीक्षक (असई) प्रमोदकुमार साहको साथमा रहेको एक थान पेस्तोल तस्करहरुले लुटेका हुन् । तस्करहरुले त्यसको म्यागेजिनसमेत लुटेको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी परिचालन गरी हतियार लुट्नेहरुको खोजी थालिएको छ ।
प्रकाशित मिति : 15:02









