१ जेष्ठ २०८१, मंगलवार | Wed May 15 2024

क्रिकेट रंगशालाको प्रस्ताव ल्याउन धुर्मुसलाई खेलकुदमन्त्री विश्वकर्माको आग्रह


२२ चैत, काठमाडौँ । खेलकुदमन्त्री जगतबहादुर विश्वकमार्ले क्रिकेट रंगशालाको प्रस्ताव ल्याउन सिताराम कट्टेल धुर्मुसलाई अग्रह गरेका छन ।

बिहीबार बिहान मन्त्री क्वार्टरमा धुर्मुसलाई बोलाएर मन्त्री विश्वकर्माले रंगशाला निर्माणको प्रस्ताव मागेका हुन । मन्त्रीसँगको भेटपछि फेसबुकमा प्रतिक्रिया दिँदै धुर्मुसले प्रस्ताव लिएर आजै बेलुका मन्त्रीसँग पुनः छलफल गर्न लागेको जानकारी दिएका छन ।

रुपन्देही, चितवन र मकावनपुरमा सम्भावित जग्गाको अवलोकन गरेर बुधबार बेलुकी काठमाडौं फर्केका धुर्मुस क्रिकेट रंगशालाको विषयमाले चर्चामा रहेका छन । घुर्मुससँग वरिष्ठ हास्य कलाकार मनोज गजुरेल पनि सँगै सहभागी भएका थिए ।

प्रकाशित मिति : २२ चैत्र २०७४, बिहीबार १३:१८

https://srdb.com.np/