२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

प्रदेश ५ का नेकपा नेता चढेकाे कारलाई ट्रकले ठक्कर दिँदा ४ जना घाइते

१८ बैशाख, दाङ । प्रदेश ५ का नेकपा नेता चढेकाे कारलाई ट्रकले ठक्कर दिँदा ४ जना घाइते भएका छन् । मुख्यमन्त्री शंकर पाेखरेलसहित बुटवल जान थालेका युवा संघका अध्यक्ष बुढाथोकी सवार बा १९ च १३३ नमम्बरको कारलाई नारायणघाट बाट घाेराही आउँदै गरेकाे ना ६ ख ४३४९ नम्बरको ट्रकले ठक्कर दिएको दिँदा  प्रदेश ५ का युवा संघ अध्यक्ष मनाेहर बुढाथोकीसहित नेकपा जिल्ला कार्यदल सदस्य शिवकुमार आचार्य, नेकपाका सदस्य लक्षमणकुमार शर्मा, शिवानन्द डाँगी घाइते भएको अस्थायी प्रहरी पाेस्ट सापमारा अर्घाखाँचीले जनाएको छ ।

बुढाथोकीकाे टाउको र निधारमा चाेट छ लागेकाे तथा शिवकुमार आचार्यलाइ सामान्य खुट्टामा चाेट लागेकाे छ त्यस्तै, लक्ष्मणकुमार शर्माकाे घाँटीमा चाेट लागेकाे जनाइएको छ । बुढाथोकी र शर्मालाई थप उपचारको लागि नेपालगञ्ज लगिएको छ ।

प्रकाशित मिति : 13:35