२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

पोखरा विश्वविद्यालयका उपकुलपति शर्मालाई विद्यार्थीले दले कालोमोसो

१८ वैशाख, काठमाडाैँ । पाेखरा विश्वविद्यालयका उपकुलपति प्राध्यापक चिरञ्जीवी शर्मालाई नियमविपरित विद्यार्थी भर्ना गरेकाे भन्दै  विद्यार्थीहरुले अनुहारमा कालोमोसो दलिदिएका छन् । मंगलबार दिउँसो काठमाडौँको चोभारमा विद्यार्थीहरुको समूहले शर्माको अनुहारमा कालोमोसो दलिलिएका हुन् । पोखरा विश्वविद्यालय अन्तरगतको ४२ वटा निजी कलेजलाई कारबाहीको माग गर्दै आन्दोलनरत विद्यार्थीहरुले कालोमोसो दलेको प्रत्यक्षदर्शीले बताएका छन् ।

आन्दोलन चर्काउँदै जाँदा पनि माग सम्बोधन गर्न चासो नदिइ प्रहरी लगाएर दमन गरेको भन्दै विद्यार्थीहरु शर्मासँग आक्रोशित भएका थिए । मंगलबार मात्रै नियमविपरित भर्ना लिएका कलेजमाथि कारबाही माग गर्दै नेविसंघका विद्यार्थीहरुले प्रदर्शन गरेका थिए ।

विद्यार्थीको आन्दोलनकाबीच पोखरा विश्वविद्यालयले सेमेस्टर परीक्षालाई प्रहरीको सुरक्षामा सञ्चालन गरिरहेको छ । सोमबार करिब ४५ जना विद्यार्थीले परीक्षा दिन नपाएपछि मंगलबार करिब १ सय जनाले परीक्षा बहिष्कार गरेका छन् ।

प्रकाशित मिति : 09:13