१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024

ट्रेड युनियनको चुनावका लागि भोलि विद्युत् प्राधिकरणका सबै काउन्टर बन्द हुने

१८ वैशाख, काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले बिहीबार सम्पूर्ण आय सङ्कलन काउन्टर बन्द गर्ने भएको छ । प्राधिकरणमा आधिकारिक ट्रेड युनियनको निर्वाचनका लागि सबै कर्मचारी व्यस्त हुने भएकाले सो दिन आय सङ्कलन काउन्टर बन्द हुने भएका हुन् ।

प्राधिकरणले सो दिन अनलाइनबाट विद्युत् महसुल भुक्तानी गर्न सकिने बताएको छ । प्राधिकरणले मंगलबार एक सूचनामार्फत सङ्कलन काउन्टर बन्द हुँदा पर्न जाने असुविधाप्रति क्षमा मागेको छ । प्राधिकरणमा यही वैशाख १९ गते हुन लागेको आधाकारिक ट्रेड युनियनको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी निकटको नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन र नेपाल विद्युत् प्राधिकरण कर्मचारी सङ्घबीच प्रतिस्पर्धा हुनेछ ।

युनियनका सहसंयोजक खगेन्द्र शाहीले देशभरको निर्वाचन प्रचारप्रसारको काम सकिएको र आफूहरुले यस पटक निर्वाचनमा जीत हासिल गर्ने बताउनुभयो । उहाँले उज्यालो नेपाल अभियान र प्राधिकरणलाई व्यावसायिक र सबल संस्था बनाउने आफ्नो सङ्गठनको योजनालाई सबै कर्मचारीले साथ दिने बताउनुभयो । यस्तै सङ्घले पनि निर्वाचन अभियान सकारात्मक रुपमा सम्पन्न भएको जनाएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार ०८:३३