२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

बलात्कार आरोपी नुवाकोट कांग्रेसका नेता अर्याल पूर्पक्षका लागि कारागार चलान

१७ वैशाख, काठमाडौँ । बलात्कार (जबरजस्ती करणी)को अभियोगमा काठमाडौँको गोंगबुबाट पक्राउ परेका नेपाली कांग्रेस नुवाकोटका नेता रमेश अर्याल पूर्पक्षका लागि कारागार चलान भएका छन । गत चैत २२ गते शुक्रबार मध्यराति गोंगबुको एक युवतीको कोठामा झ्याल फोरेर बलात्कार गर्न पुगेका अर्याल घटनास्थलबाटै पक्राउ परेका थिए ।

अर्यालसहित अर्का रामजी श्रेष्ठ प्रतिवादी रहेको मुद्दामा मंगलबार भएको थुनछेक बहसपछि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पुष्पराज थपलियाको एकल इजलाशले अर्याललाई कारागार चलान गर्ने र अर्का आरोपी श्रेष्ठलाई साधारण तारेखमा रिहा गर्ने आदेश गरेको पीडितको तर्फबाट बहसमा सहभागी अधिवक्ता तारा खनालले दैनिकीलाई जानकारी दिइन ।

विदुर नगरपालिका (साविकको खड्गभञ्ज्याङ गाविस) वडा नम्बर ३ का स्थायी बासिन्दा रहेका अर्याल नेपाली कांग्रेस नुवाकोटका आमन्त्रित सदस्य हुन । उनलाई पार्टी साभापति जगदिश्वरनरसिंह केसीले आमन्त्रित सदस्यको रूपमा गत मंसिरमा मनोनित गरेका थिए । उनी रणभूवनेश्वरी क्याम्पस देवीघाटको पूर्व अध्यक्ष र शिखर इन्स्योरेन्सको बट्टार शाखाका प्रमुख समेत हुन ।

यो पनि पढ्नुहोस्

–नुवाकोट कांग्रेसका नेता रमेश अर्याल बलात्कारको अभियोगमा गोंगबुबाट प्रकाउ

प्रकाशित मिति : 22:25