२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

नुवाकोटको वेल्कोटगढी र सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाबीच मेयरकप फुटबल प्रतियोगिता हुँदै

–जमुना गजुरेल

१७ वैशाख, विदुर । विदुर नगरपालिकाको आयोजना तथा जिल्ला फुटबल सङ्घ नुवाकोटको प्राविधिक सहयोगमा अन्तर नगरपालिका मेयर कप फुटबल प्रतियोगिता बुधबारदेखि शुरु हुने भएको छ ।

 

प्रतियोगितामा सातवटै प्रदेशका महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकाका विभिन्न टिम सहभागी हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का उपाध्यक्ष उद्धव पनेरुले जानकारी दिनुभयो । आज बट्टारस्थित आदर्श वहुमुखी क्याम्पसको खेल मैदानमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता यही वैशाख २३ गतेसम्म सञ्चालन हुने विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले बताउनुभयो ।

प्रतियोगिताको विजेतालाई रु तीन लाख तथा उपविजेतालाई रु एक लाख ५० हजार पुरस्कार प्रदान गरिनेछ । विदुर नगरपालिकाले मेयर कप फुटबल र उपमेयर कप महिला भलिबलका लागि रु २० लाख विनियोजन गरेको छ । उद्घाटन खेल नुवाकोटको वेल्कोटगढी नगरपालिका र सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाबीच हुनेछ ।रासस

प्रकाशित मिति : 21:31