वैदेशिक रोजगार विभागका महानिर्देशक भुसालको एक्सन सुरू, अब विभाग दाललमुक्त
१७ वैशाख, काठमाडाैँ । वैदेशिक रोजगार विभाग अब दालल मुक्त हुने भएको छ । यसअघि नै श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले दाललमुक्त गर्ने अभियान निष्कर्षमा पुर्याउन खोजेका थिए तर बिबिध कारणले समस्या जस्तो देखिएको थियो । अब भने विभाग दलाल मुक्त हुने निश्चित भएको छ । मन्त्रीको रोजाइमा विभागको नेतृत्व सम्हालन पुगेका सहसचिव भिष्म भुसालले सुधारका लागि स्पष्ट सकेंत दिने गरी दलाललाई पक्राउ गरेर अनुसन्धानका लागि बुझाएका छन । श्रम स्वीकृति मिलाइदिन्छु भनी सेवाग्राहीसङ्ग पैसा असूल गर्ने दुईजना दलाललाई उनले अाजै पक्राउ गरेर थप अनुसन्धानका लागि प्रहरीको जिम्मा लगाएका हुन ।

यस्तै विभागमा दर्ता गर्नुपर्ने उजुरीका लिखत आजदेखि विभागले कार्यालय भित्रैबाट निःशुल्क तयार गरी दर्ता गरिदिने व्यवस्थाको सुरूवात समेत गरेको छ । यसबाट बिगतमा उजुरीकर्ताले उजुरीको लिखत तयार गर्न लाग्ने गरेको दुई देखि पाँच हजारसम्म जोगिने र उजुरीका प्रतिवादीसम्म उजुरीको सूचना चुहिने अवस्थाको समेत अन्त्य हुने महानिर्देशक भिष्म भुसालले जानकारी दिएका छन । उनले कार्यालय परिसरमा देखिने दलालका गतिबिधि शून्य पार्नका लागि दलाल पक्राउको काम मिसनकै रूपमा सञ्चालन गर्ने बताएका छन ।
प्रकाशित मिति : 20:44









