छाउनीकाे द फुड हेभेन क्याफेमा प्रहरीको छापा, महँगो लागूऔषध आईससहित ६ जना पक्राउ
१७ बैशाख, काठमाडौँ । प्रहरीले लागूऔषधसहित ६ जना पक्राउ गरेको छ । काठमाडाैँको छाउनीस्थित द फुड हेभेन क्याफेबाट लागूऔषधसहित ६ जना पक्राउ परेका हुन । महानगरीय प्रहरीको विशेष टोलीले लागूऔषध आईसको बेचबिखन र सेवन हुने द फुड हेभेन क्याफेबाट उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उक्त क्याफेबाट ७३४ ग्राम मेथामेफेटामाईन (आईस ड्रग्स), तौलने उपकरण र सेवनगर्ने सामाग्री सहित ६ जनालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएकाे छ । द फुड हेभेन क्याफेमा प्रतिग्राम १० हजार रुपैयाँमा विक्रीवितरण हुने आईस ड्रग्सको कारोबार हुने गरेकाे सूचनाकाे अाधारमा प्रहरीले छापा मारेकाे हाे ।

प्रहरीका अनुसार काभ्रेका सुजन तामाङ, काठमाडौँ नारायणस्थानका सरोज सिलवाल, थापाथलीका दिपेन्द्रलाल श्रेष्ठ, कालिमाटीका नबिन मानन्धर, अनिल भुजेल र सिनामंगलका रन्जित तिवारी पक्राउ परेका छन । करिब ७३ लाख बराबरकाे लागूऔषध आईस बरामद गरिएकाे र यसका मुख्य काराेबारीकाे खाेजी भइरहेकाे पनि प्रहरीले जनाएकाे छ । प्रहरीले घटनास्थलबाट नौ थान मोबाईल र १ लाख ७७ हजार नगद समेत बरामद गरेको छ।
प्रकाशित मिति : 19:04









