२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

विवाह नगरी ३५ वर्षमा आमा बन्छुः सावित्री सुवेदी

१७ वैशाख, काठमाडौँ । जय नारीको नारा बोकेर नारीको न्यायका लागि लड्दै आएकी मानवअधिकारकर्मी सावित्री सुवेदीले आफू ३५ वर्षमा विवाह नगरी आमा बन्ने बताएकी छिन् । बलात्कारविरूद्ध पेटिकोट प्रदर्शन गरेर चर्चाको शिखरमा पुगेकी सुवेदीले पुरूषको शुक्रकिट भाडामा लिएर बच्चा जन्माउने बताउँछिन् ।

उनले आफू निरन्तर समाज सेवामा लागिरहने र नारीको न्यायकालागि लडिरहने बताएकीछ छिन । ३५ वर्षमा एक्लै अथवा विवाहनै नगरी बच्चा जन्माए पछि आफु त्यहि बच्चाको लागि समर्पीत हुने पनि उनले बताएकी छिन । पछिल्लो समय बलात्कार र याैनहिंसा पीडित महिलाको न्यायाका लागि ज्यानै दिन तयार रहेकी सुवेदीको यो घोषणाले नयाँ तरंक ल्याएको छ ।

 

प्रकाशित मिति : 16:23