१ जेष्ठ २०८१, मंगलवार | Tue May 14 2024

नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्षसहित ३४ नेता नेकपा एमालेमा प्रवेश


२२ चैत, इलाम । नेपाली कांग्रेसका नेतासहित ३४ कार्यकर्ता एमालेमा प्रवेश गरेका छन । इलाममा कांग्रेसबाट निर्वाचित वडाध्यक्षसहित ३४ जना एमालेमा प्रवेश गरेका हुन ।

इलामको माङ्गसेबुङ्ग गाउँपालिका वडा नम्बर– ६ बाट निर्वाचित कांग्रेसका वडाध्यक्ष प्रदीपसाङ्पाङ्ग राई अन्य ३३ जना कांग्रेस कार्यकर्ता लिएर एमाले प्रवेश गरेका हुन ।

बिहीबार भएको एक कार्यक्रममा उनीहरु एमालेमा प्रवेश गरेका हुन । नेपाली कांग्रेसले कार्यकर्ताको भावनाको सम्बोधन नगरेको र जनताको काममा समेत वास्ता नगरेकाले पार्टी परित्याग गरि एमाले प्रवेश गरेको वडा अध्यक्ष प्रदीपसाङ्पाङ्ग राईले बताए ।

प्रकाशित मिति : २२ चैत्र २०७४, बिहीबार १०:१६

https://srdb.com.np/