८ असार २०८३, सोमबार | Tue Jun 23 2026

निलम्बन फुकुवापछि वरिष्ठ क्याप्टेन विजय लामाले पितासँगै बसेको फोटो राखेर यस्तो लेखे

१७ वैशाख, काठमाडाैँ । नेपाल वायु सेवा निगमको प्रवक्ताबाट हटाइएपछि वरिष्ठ क्याप्टेन विजय लामाले आफूमाथिको प्रतिवन्ध फुकुवा भएपछि पितासँगै रहेको तस्बीर सार्वजनिक गर्दै आत्मबल, सत्य मार्ग, सहि सोच अनि निडरताको बारेमा सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस पोस्ट गरेका छन । सोमबार वायु सेवा निगमले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्र पठाउँदै लामालाई प्रवक्ताको जिम्मेवारीबाट मुक्त गरिएको जानकारी गराएपछि प्राधिकरणले लामामाथिको प्रतिवन्ध फुकुवा गरेको थियो ।

उनले फेसबुमा लेखेका छन

मैले आत्मबल, सत्य मार्ग, सहि सोच अनि निडर पन मेरो बाउ बाट सिकेको छु !

देशको माया, मात्री भुमिको मूल्य, नेपाली सन्तानको माया, काम गर्ने संस्था अनि वर्दिको कदर पनि यिनै महापुरुष बाट सिकेको हु!
त्यसैलै जति आधी भेरी आए नि, जति दुख पीडा आए नि कहिले डगमगाउनु सिकिन !! तपाइहरु सबैको माया अनि साथको लागि हृदय देखि प्रणाम! सादुवाद! धन्यबाद!!!

जय चन्द्र सुर्य!

यसअघि संचारमाध्यममा विवादास्पद अभिव्यक्ति दिएको भन्दै लामालाई निलम्बन गरिएको थियो । प्राधिकरणले निगमलाई प्रवक्ताको जिम्मेवारीबाट मुक्त गर्न पत्र समेत पठाएको थियो। ७ दिने स्पष्टिकरण सोधेको प्राधिकरणले लामाको स्पष्टिकरणपछि निलम्बन गर्ने निर्णय लिएको थियो। तर प्रवक्ताबाट हटाइपछि भने अब लामाले जहाज उडाउने अनुमति पाएका छन्।

प्रकाशित मिति : April 30, 2019 at 9:25 am