१ जेष्ठ २०८३, शुक्रबार | Sat May 16 2026

ललितपुरको तीनपानेमा जीप दुर्घटना, तीन जनाको मृत्यु

१७ वैशाख, काठमाडाैँ । ललितपुरको बाग्मती गाउँपालिका वडा नम्बर–३ तीनपानेमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार तीनपानेबाट भट्टेडाँडाका लागि छुटेको बा ५ च ५६९६ नम्बरको जीप दुर्घटना हुँदा महोत्तरी बर्दिबासका १९ वर्षका विशाल थापामगर, ललितपुर तीनपानेकी १६ वर्षकी सुनिता लोप्चन र सरिता मोक्तानको मृत्यु भएको छ ।

सोमबार बेलुका ९ बजेतिर भएको दुर्घटनामा विशालको घटनास्थलमै र सुनिता र सरिताको उपचारका क्रममा आनन्द वन अस्पताल ललितपुरमा मृत्यु भएको हो । के कारणले जीप दुर्घटना भयो भन्ने खुलेको छैन ।

प्रकाशित मिति : 08:30