२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

श्रमिक दिवस भव्यताका साथ मनाइने, प्रधानमन्त्री ओलीसहित राष्ट्रिय पार्टीका नेताले सम्बोधन गर्ने

१६ वैशाख, काठमाडाैँ । विभिन्न ट्रेड युनियनले १३०औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस संयुक्तरुपमा एकै थलोमा भव्यताका साथ मनाउने निर्णय गरेका छन् । नेपालमा क्रियाशील ट्रेड युनियनको छाता सङ्गठन ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) को अगुवाइमा छरिएर रहेको श्रमिक सङ्घसङ्गठनले एकै स्थानमा दिवस मनाउन लागेका हुन् ।

श्रमिक दिवसका दिन उपत्यकाको विभिन्न स्थानबाट श्रमिकको जुलुस निकाल्ने तयारी गरिएको छ । विभिन्न स्थानबाट निस्केको जुलुस भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुनेछ । यही वैशाख १८ गते विश्वभर श्रमिक दिवस मनाइँदैछ ।

सभालाई प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधि, सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टलगायत राष्ट्रिय पार्टीका अध्यक्षले सम्बोधन गर्ने कार्यक्रम रहेको जेटियुसिसीका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 22:57