क्याप्टेन विजय लामा निलम्बित, वायुसेवा निगमको प्रवक्ताबाट हटाइए
१६ वैशाख, काठमाडौं । वायुसेवा निगमको बोर्डिङ भएको जहाजलाई उड्न नदिएको विषयलाई लिएर विवादास्पद अभिव्यक्ति दिएका नेपाल वायुसेवा निगमका क्याप्टेन विजय लामा प्रवक्ता पदबाट हटाइएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले उनलाई प्रवक्ताबाट नहटाएसम्म लाइसेन्स निलम्बन गरेको जानकारीसहितको पत्र प्राप्त भएपछि निगमले उनलाई पदमुक्त गरेको हो ।

उनलाई केही दिन अघि विवादास्पद अभिव्यक्तिबारे स्पष्टीकरण सोधिएको मा लामाकाे जवाफ चित्त बुझ्दो नभएको भन्दै प्राधिकरणले उनलाई प्रवक्ताबाट नहटाए लाइसेन्स निलम्बन हुने जानकारी दिएको थियो ।
उनी प्रवक्ता पदमा रहिन्जेल जहाज उडाउन नपाउने भएपछि लामालाई प्रवक्ताबाट पदमुक्त गरिएको निगमका कार्यकारी अध्यक्ष मदन खरेलले जानकारी दिए । उनले निगमले लामालाई प्रवक्ताबाट पदमुक्त गरेको पत्र प्राप्त भएकाले अब उडानमा रोक नलाग्ने जानकारी दिए ।
प्रकाशित मिति : 17:29









