११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026

जग्गा नामसारीका लागि २ कठ्ठा जग्गा र २५ हजार घुस खाने वडा अध्यक्ष रंगेहात पक्राउ

१६ वैशाख, सप्तरी । जग्गा नामसारीका लागि सिफारिस दिन घुस खाने सप्तरीका एक वडा अध्यक्ष रंगेहात पक्राउ परेका छन । सुरुङ्गा नगरपालिका–५ का वडाध्यक्ष मो शिल्टु मियालाई आज बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्व क्षेत्रीय कार्यालयको टोलीले पक्राउ गरेको हो। सर्वसाधारणसँग २५ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा उनी पक्राउ परेका हुन ।

उनले जग्गा नामसारीका लागि सिफारिस गर्न घुस लिएको आयोगले जनाएको छ। ‘बाबुको नामबाट छोराको नाममा सार्नुपर्ने जग्गा नामसारीको सिफारिस गरेबापत उनले पहिला आफ्नो नाममा ३० लाखको तमसुक बनाउन लगाएका थिए । जग्गा नामसारी भएपछि २ कठ्ठा जग्गा दिनुपर्ने र त्यसपछि तमसुक च्यात्ने सर्तमा वडाध्यक्ष सिफारिस दिन तयार भएका थिए । मियाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : April 29, 2019 at 11:39 am