१ जेष्ठ २०८३, शुक्रबार | Sat May 16 2026

सप्तरीमा चट्याङबाट एकको मृत्यु

१५ वैशाख, राजविराज । हावाहुरी र वर्षासँगै परेको चट्याङ लागेर सप्तरी बोदेबर्साइनको सोनापुरमा आज एक वद्धको मृत्यु भएको छ । बोदेबर्साइनका नगरपालिका–८ सोनापुर बस्ने अन्दाजी ६० वर्षीय मोहन साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।

आफ्नै खेतमा काम गरिरहेका बेला हावाहुरी र वर्षासँगै परेको चट्याङ लागि उनको मृत्यु भएको प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 13:36