विज्ञानले गरे बुबाको हत्या
१५ वैशाख, धनकुटा । धनकुटामा १४ वर्षीय किशोर विज्ञान राईले आफ्नै बुवाको हत्या गरेका छन् । विज्ञानले शनिबार राति कोदालाको पासोले टाउकोमा प्रहार गरी बाबुकाे हत्या गरेका हुन् । धनकुटा जिल्लाको शहीदभूमि गाउँपालिका ४ पिप्लेमा विज्ञान राईले ५५ वर्षीय बुवा इन्द्रबहादुर राईको हत्या गरेकाे प्रहरीले जनाएकाे छ ।

विज्ञानलाई पक्राउ गरी शनिबार राति नै जिल्ला प्रहरी कार्यालय धनकुटा पठाइएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाले घटनाबारे अनुसन्धान भइरहेको बताएको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटा लगिदै छ ।
प्रकाशित मिति : 13:24









