१ जेष्ठ २०८३, शुक्रबार | Sat May 16 2026

तलब नपाउँदा जेट एयरवेजका प्राविधिक कर्मचारीले चार तला माथिबाट हाम फालेर गरे आत्महत्या

१५ वैशाख, काठमाडौं । तलब नपाउँदा जेट एयरवेजका एक प्राविधिक कर्मचारीले आत्महत्या गरेका छन् ।  जेट एयरवेजका कर्मचारी ५३ वर्षीय शैलेष कुमार सिंहले आत्महत्या गरेकाे प्रहरीले जनाएकाे छ । पेटको क्यान्सरबाट पीडित सिंहले गत मार्च महिनादेखि तलब पाएका थिएनन् ।

जेट एयरवेजमै कार्यरत उनको जेठो छोराले पनि तलब पाएका छैनन् । रोगले च्याप्दै लगेको बेला उपचार गर्ने खर्च नभएपछि शैलेष सिंहले घरको चार तला माथिबाट हाम फालेर आत्महत्या गरेकाे भारतीय प्रहरीले जनाएको छ । वित्तीय संकट सुरु भएपछि कुनै कर्मचारीले आत्महत्या गरेको घटना भने यो पहिलो हो ।

प्रकाशित मिति : 09:58