१ जेष्ठ २०८३, शुक्रबार | Sat May 16 2026

गर्मी छल्न बागमतीमा पस्दा डुबेर मृत्यु

१४ वैशाख, सर्लाही । सर्लाहीमा गर्मी छल्न नदीमा डुबेका दुई बालकको ज्यान गएको छ । पौडी खेल्ने क्रममा नदीमा डुबेर शनिबार दुई बालकको ज्यान गएको हो । जिल्लाको ईश्वरपुर नगरपालिका–९ कुरैनियाका विजय माझीका ५ वर्षीय छोरा विकास माझीको घर नजिकैको बाँधमा पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको हो भने बरहथवा नगरपालिका–१ हजरियाको बागमती नदीमा पौडी खेल्ने क्रममा डुबेर स्थानीय उद्धव परियारका ८ वर्षीय छोरा सुशान्त परियाको ज्यान गएको हाे ।

दिउँसोको गर्मी छल्न बालबालिकाहरु नदी, खोला तथा पोखरीमा पौडी खेल्न जाने गरेका छन्। यसै क्रममा पौडी खेल्दै गर्दा उनीहरू दुवैको ज्यान गएको हो । दुवै बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : 21:26