१ जेष्ठ २०८३, शुक्रबार | Sat May 16 2026

पुटुक्क बाहिर निस्किएको पेट घटाउन प्रयाेग गर्नुहाेस यी तरीका

१४ वैशाख, काठमाडौं । भर्खरका युवाहरुको  पेट भने पुटुक्क बाहिर निस्किएको हुन्छ ।  पेट घटाउन धेरै मानिसहरु लागिपर्न थालेका छन् सामान्य कुरामा ध्यान दिने हो भने पनि पुत्लुक्क बाहिर निस्कने पेटलाई नियन्त्रण सकिन्छ । हामीले खाने खानामा केहि परिवर्तन गर्दा हामी फिट हुनसक्छौं ।

कागती पानीकाे प्रयाेग–  पेटमा जम्मा भएको अतिरिक्त बोसो कम गर्न यो घरेलु उपाय प्रभावकारी हुन्छ । तातो पानीमा कागतीको थोरै रस र नुन मिसाएर हरेक दिन बिहान सेवन गर्दा यसबाट  मेटाबोलिजम दुरुस्त रहन्छ र तौल कम गर्नमा पनि मद्दत मिल्छ ।

खैरो चामलको भात– खैरो चामलको भात खाँदा र यसका अलावा आफ्नो खानामा ब्राउन ब्रेड, ओट्सजस्ता खाद्य पदार्थ सामेल गर्दा पेट घट्छ । गुलियोबाट टाढा रहनुहोस् यदि तपाईं पेटको बोसो कम होस् भन्ने चाहनुहुन्छ भने मिठाईबाट टाढा रहनुहोस् ।

मिठाई र तेल जन्य खानाबाट टाढैरहने– यस्ता खाद्य पदार्थले शरीरमा अतिरिक्त बोसो जम्मा गर्छ । यस्तो बोसो पेट, तिघ्राजस्ता शरीरका विभिन्न भागमा जम्मा हुने गर्छन् ।

पानी धेरै पिउने– पेटको बोसो कम गर्न धेरै पानी पिउनु  निकै लाभदायी हुन्छ। नियमित अन्तरालमा पानी पिउनाले मेटाबोलिजम बढ्छ र शरीरबाट विषालु पदार्थ बाहिर निस्कनमा मद्दत गर्छ । यसबाट शरीर स्वस्थ रहन्छ ।

काँचो लसुन खाने– बिहान काँचो लसुन खाने बानी गर्दा शरीरलाई निकै फाइदा गर्छ । बिहान लसुनको दुई या तीन पोटी चपाएपछि तातोपानीमा कागती हालेर पिउनाले बोसो घटाउन मद्दत गर्छ । यसबाट मोटोपना घट्ने प्रक्रिया दुइ गुनाले हुन्छ । यसबाट शरीरको रक्तप्रवाह पनि सुचारु हुन्छ ।

मासु नखाने– मासुकाे भोजनमा बोसोको मात्रा निकै हुन्छ । यो बोसो शरीरमा जम्मा हुन्छ, जसबाट स्वास्थ्यसम्बन्धी समस्याहरु उत्पन्न हुन्छन् । त्यसैले मासुकाे अलावा धेरै सागसब्जी खाने गर्नु स्वास्यकाे हिसावले राम्राे मानिन्छ । बिहान बेलुकी फल र सागसब्जी खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यसबाट एन्टीअक्सिडेन्ट, मिनरल्स र भिटामिन पनि प्राप्त हुन्छ ।

बदामको गर्ने– बदाममा भिटामिन इ तथा प्रोटिनका अलावा फाइबरको मात्रा अधिक मात्रामा हुन्छ । यसको सेवनले पेट लामोसमयसम्म भरिएको अनुभूति हुन्छ । यसमा क्यालोरीको मात्रा बढी भएपनि मोटाई भने बढाउँदैंन ।

माथिका कुरा प्रतिबद्ध भएर पालना गर्याे भने, महिना दिनमै पेट घट्ने डाक्टरकाे दाबी छ ।

प्रकाशित मिति : 15:24