१ जेष्ठ २०८३, शुक्रबार | Sat May 16 2026

भातकाे तातो माड खन्याएर जेठाजुलाई घाइते बनाउने बुहारी पक्राउ

१४ बैशाख, सप्तरी । सप्तरी सदरमुकाम राजविराजमा एक महिलाले आफ्नै जेठाजुको शरीरमा भातको तातो माड खन्याउँदा जेठाजु घाइते भएका छन् । राजविराज नगरपालिका ११ फर्सैठका राजकुमार खंगको शरीरमा आफ्नै बुहारीले माड खन्याएकी हुन् । बुहारी भोलीदेवी खंगले माड खन्याएको प्रहरीले जनाएको छ ।

शुक्रबार दिउँसोको घटनाका घाइते राजकुमारको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ भने बुहारी भोलीदेवीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भेलीदेवीका श्रीमान रोजगारका निम्ति विदेशमा रहेको बखत घर अगाडिकै नालाको बिषयमा राजकुमारसँग विवाद भएको र सोही क्रममा उनले माड खन्याएर जेठाजुलाई घाइते बनाएको प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : 13:39